काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उहाँको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिहनुभएको छ ।डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।
यो बीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउन समेत अनुरोध सचिवालयले गरेको छ ।माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताउनुभएको छ ।