नेपाल लाइफको सिनियर डिसिओमा पराजुली नियुक्त

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीणरमण पराजुली नियुक्त हुनुभएको छ । पुस २५ गतेबाट कार्यभार सम्हाल्दै संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई अब्बल सावित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पराजुलीले आफ्नो अनुभवहरूलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लेटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताउनुभयो । नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुनु गर्वको विषय भन्दै कम्पनीको छविलाई हरेक सूचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार