काठमाडौँ । नागरिकताबाट बञ्चित पारिएको भन्दै आइतबार राजधानीमा प्रदर्शन भएको छ । ‘नागरिकताबिहीन नागरिक संघर्ष समिति’ नवलपरासीको आयोजनामा आइतबार माइतीघर क्षेत्रमा प्रदर्शन भएको हो । नेपालको संविधान २०७२ को भाग २ धरा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयनको माग गर्दै प्रदर्शन भएको हो ।
उनीहरुले विगतमा दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पनि माग गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरुले ‘हामी नेपाली नागरिक आमा बुबाका सन्तान कहिलेसम्म अनागरिक सरकार, आमा नेपाली बुबा नेपाली मचाहिँ कहाँको जस्ता नारा सो क्रममा लगाएका थिए । माइतीघरबाट प्रदर्शनकारीहरू नाराबाजीसहित बानेश्वरसम्म पुगेका थिए । रातोपाटीबाट