कोभिड खोपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : अध्ययन

एजेन्सी । बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो ।

बालबालिकामा खोपको असर, उनीहरुको अस्पताल भर्ना, मृत्यु, जटिलता लगायतका विषयहरुमा गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरुले बालबालिका र वयस्कमा महामारी विज्ञानसम्बन्धी मोडल प्रयोग गरेका थिए । अध्ययनअनुसार पाँचदेखि ११ वर्षका बालबालिकामा खोपसँग सम्बन्धित मायोकार्डाइटिस र एनाफाइल्याक्सिसको समस्या निकै दुर्लभ देखिएको छ ।

‘खोप लगाएका बालबालिकामा भविष्यमा अन्यको तुलनामा रोगको जोखिम कम देखिएको छ,’ ग्रिफिफ्थ युनिभर्सिटीका प्राध्यापक मिसेल गुडले भने । अस्ट्रेलियामा यस वर्ष विद्यालय सुरु हुनुअघि खोप लगाउन योग्य २३ लाख बालबालिकाहरूलाई कोभिड खोप दिने तयारी भइरहेको छ । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने अध्ययनमा उल्लेख छ ।

पछिल्लो समय अस्ट्रेलियामा औषतमा दैनिक एक लाख जनामा कोभिड संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । संक्रमण बढे पनि सरकारले तत्काल लकडाउन नगर्ने संकेत गरेको छ । यद्यपी, केही प्रतिबन्ध भने लागू गरिएका छन् । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार