अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

काठमाडौँ । उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिनाअघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापछि उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो ।

त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए । ती शिक्षक र विद्यार्थीको खोजीका लागि यहाँको प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो । प्रहरी टोलीको छ महिना लामो खोजीपछि उनीहरुलाई फेला पारेको र उद्धार गरेको जनाएको छ ।

केबेइ प्रान्तीय सरकारका प्रवक्ता याहा सार्कीले सो कुराको जानकारी दिनुभयो । उहाँले आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले लामै समयको खोजीपछि ती शिक्षक र विद्यार्थीलाई अपहरणमुक्त गराउन सकेको बताउनुभयो । उहाँले भन्नुभयो– नाइजेरियामा पछिल्लो समयमा यहाँका हतियारधारी आतंककारीहरुले विद्यालयमा आक्रमण गर्ने र शिक्षक र विद्यार्थीलाई अपहरण गरी लैजाने गरेका छन् । विद्यालयको सुरक्षाका लागि पनि प्रहरीले विशेष सुरक्षा दस्ता तयार पारेको बताएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार