नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था होइन : कार्यकारी अध्यक्ष

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको बताउनुभएको छ ।सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले नयाँ व्यवस्थापन आएपछि जहाजको अधिकतम उपयोग गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो। ‘अहिले देखिएका समस्या तत्काल आएका होइनन,’ अधिकारीले भन्नुभयो, ‘तर, कुर्सीमा बसेका कारण म जिम्मेवारी लिन्छु ।’

कोभिड–१९ को बेला नेवानिमाथि अन्त्याय भएको छ, यस पिरियडमा नेवानिले चार्टर्ड उडान ५६ मात्र पायो, हिमालयनले २३९ पायो, सरकारले किन हेर्दैन रु’ अधिकारीको प्रश्न थियो । नेवानिलाई देखाएर भन्न सजिलो रहेको भन्दै उहाँले काम गर्न नदिएका धेरै उदाहरण रहेको बताउनुभयो । अधिकारीले अगाडि भन्नुभयो, ‘निजीलाई प्रशय दिने काम नहोस्, हामी काम गरेर देखाउँछौ । नयाँ बिजनेस प्लान बन्दैछ । बिजनेस प्लानका आधारमा सहयोग पाउने अपेक्षा छ ।’

कार्यकारी अध्यक्ष अधिकारीले भन्नुभयो, ‘कम्पनी मोडलबारे कर्मचारीले केही नबुझेका भने होइनन्, उनीहरु पनि निगमको हितमा काम गर्न चाहन्छन्, केही कुरामा फरक होला, यसमा म सहजीकरण गर्छु, हतपत सरोकारवालासँग छलफल नगरी विगतमा प्रस्ताव लगेकोमा कर्मचारीबाट बिरोध भएको हो ।’ निगमको सम्पत्तिको मूल्यांकन निकै सस्तोमा गरिएको र सोही कारण कर्मचारीको विगतको आन्दोलन जायज थियो भन्ने आफूलाई लागेको उहाँको भनाइ थियो । निगमले जहाज किन्न लिएको ऋण तिर्न कटिबद्ध रहेको भन्दै उनले यसका लागि बिजनेश प्लान बनिरहेको बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार