अनियमितता गर्नेलाई कारबाही गर्न कसैले रोक्दैनः मन्त्री आले

काठमाडौँ । पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय प्रकरणमा आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको साथ रहेको दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राम्रो काम गरेको भन्दै आफूलाई धन्यवाद दिएको पनि बताउनुभयो । राम्रो काम गर्न आफूलाई कसैले रोक्न नसक्ने उहाँको भनाइ थियो ।

सोमबार मन्त्रालयमा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री आलेले कौडीको भाउमा नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिएको बताउनुभयो । उहाँले यो अनियमितताबारे छानबिन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरी अनियमितता गर्नेलाई कारबाही गर्ने बताउनुभयो । उहाँले नारायणहिटी राजदरबारअन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दुःखको कुरा भएको बताउनुभयो।

नारायणहिटी दरबारमा रहेको ऐतिहासिक सुरुङ (बंकर) भित्र पनि बतास समूहले व्यापार गर्ने योजना बनाएर काम गरेको समेत मन्त्री आलेले खुलासा गर्नुभयो । उहाँले पशुपति क्षेत्र विकास कोषभित्र रेस्टुरेन्ट सञ्चालन गरिरहेको विषयमा पनि अबको सात दिनभित्र प्रतिवेदन आउने र त्यसअनुसार नै कारबाही प्रक्रियाअघि बढाउने बताउनुभएको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार