एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौँ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताउनुभयो ।

कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको छ,’ अधिकारीले भन्नुभयो, ‘पार्टी केन्द्रले यस विषयमा निर्देशन जारी गरिसकेको छ ।’ अधिवेशन सार्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसकेको कारण समेत रहेको अधिकारीले बताउनुभयो । मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार