१८३ किलो गाँजासहित एक पक्राउ

काठमाडौँ । मकवानपुरमा १८३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भिमफेदी गाउँपालिका–२ भैंसेस्थित चेकपोष्टबाट एक जनालाई प्रहरीले १८३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो।

प्रहरीले थाहा नगरपालिका–२ बस्ने ३० वर्षीय रामचन्द्र सिंतानलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार साँझ ६ बजे पालुङबाट हेटौंडा जाँदै गरेको प्रदेश ३–०१–००२२ च ३५५६ नम्बरको पिकअप गाडीमा गाँजा फेला परेको हो । प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार