
काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले पत्रकारितामा विश्वसनीयताको संकट पैदा हुँदै गएको बताउनुभएको छ।
प्रेस चौतारी नेपाल काभ्रेको सातौँ अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनियताको संकटले पत्रकारिताको महत्व घट्दै गइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,“नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको छ ।”
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य चन्द्र लामा, एमाले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्रिराज तिमल्सिनालगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । नागरिक खबरबाट