प्रेस चौतारी क्रियाशिल पत्रकारीता पुरस्कारबाट पत्रकारद्धय खड्का र बास्कुने सम्मानित

म्याग्दी । प्रेस चौतारी नेपाल म्याग्दीले स्थापना गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारीता पुरस्कार बाट म्याग्दीका क्रियाशिल पत्रकार घनश्याम खड्का र अमृत बास्कुने पुरस्कृत एवं सम्मानित हुनुभएको छ । बुधबार बेनीमा आयोजित प्रेस चौतारी नेपाल म्याग्दीको पाँचौ जिल्ला अधिवेशनको अवसरमा पत्रकार द्वयलाई सम्मान गरिएको हो ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापा, बिशिष्ट अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले दोसल्ला, सम्मान पत्र र नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहित सम्मान गर्नुभएको हो ।

बिगत लामो समय देखि म्याग्दीमा रहेर पत्रकारीताको माध्यमबाट जिल्लाको कृषि, पर्यटन, शिक्षा, संस्कृति तथा सामाजिक गतिविधिहरुको पचार प्रचार एवं प्रर्वद्धन र बिकासमा योगदान पु¥याएको योगदानको कदर गर्दै उहाँहरुलाई प्रेस चौतारी क्रियाशिल पत्रकारीता पुरस्कारबाट पुरस्कृत गरिएको प्रेस चौतारी म्याग्दीका सचिव अमित बिश्वकर्माले जानकारी दिनुभयो । पत्रकार खड्का कान्तिपुर दैनिकका म्याग्दी संवाददाता तथा पुनहिल डटकम अनलाइनका संचालक हुुनुहुन्छ भने बास्कुने गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ । बास्कुनेले बेनीबाट ई रुप्से डटकम अनलाइन पनि संचालन गर्नुभएको छ ।

कार्यक्रमका अवसरमा प्रेस चौतारीका संस्थापक अध्यक्ष, तारानाथ शर्मा, संस्थापक सचिव बालकृष्ण सुवेदी, सदस्यहरु सुरत केसी, राजकुमार थापा, दिपक कार्की, पुर्व अध्यक्ष डिपी शर्मालाई पनि दोसल्लाले सम्मान गरिएको थियो । त्यसैगरि प्रेस चौतारी म्याग्दीका पुर्व सदस्यहरु जिवन कार्की, साबित्रा केसी, प्रकाश पौडेललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको हो । हालै सम्पन्न नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा जिल्ला कमिटि सदस्य हुनुभएका चौतारीका पुर्व सदस्यहरु, तथा पार्टीको विभिन्न पद तथा जिम्मेवारीमा पुग्नुभएका जिल्लाका नेताहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको चौतारीका अध्यक्ष प्रताप बानीयाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार