अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिबान

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकतामा परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने पनि बताउनुभएको छ । हनफीले बुधबार काबुलमा एक सभामा भन्नुभयो, ‘अन्तरराष्ट्रिय मद्दत गरिबी, भोक र आर्थिक संकटसँग जुध्नका लागि स्थायी समाधान होइन । हाम्रो मान्यता यो छ कि सरकार र अन्तर्राष्ट्रिय समुदायले आर्थिक गतिविधिलाई तीब्रता दिनुपर्छ ।’उहाँले सहायता वितरणमा पारदर्शिता हुनुपर्ने पनि बताउनुभएको छ ।

संयुक्त राष्ट्र महासचिवका उप विशेष प्रतिनिधि र अफगानिस्तानको मानवीय समन्वयकर्ता रमिज एलेकबरोवले संस्थाले सन् २०२२ मा लगभग एक करोड एक लाख अफगानी जनतालाई मानवीय सहायत प्रदान गरिएको जानकारी दिनुभयो ।यस्तै, अफगानिस्तानको अर्थ मन्त्रालयले देशका जनतालाई मद्दत गर्नका लागि तीन समिति गठन गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार