कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीमा सुबेदी

बेनी ।कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट अध्यक्षमा तुलसीनाथ सुबेदी सर्बसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा,सचिब राजु प्रसाद सुवेदी, कोषाध्यक्ष देबीप्रसाद शर्मा,सहसचिब ईन्द्र प्रसाद सुवेदी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रकाश सापकोटा, रमेश चापागाईं, बिष्णु प्रसाद सुवेदी,राम बहादुर खत्री,दिनेश शर्मा र दण्डपाणी शर्मा रहेको पूर्व अध्यक्ष सुवर्ण रिजालले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गदैं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पेशागत हकहितका लागि स्थापित संघसंस्थालाई संरक्षण तथा सहयोगमा सधै तयार रहेको बताउनुभयो । उहाँले कोरोनाको महामारीले निजी क्षेत्रलाई निकै असर गरेको बताउँदै म्याग्दी उवासंघले सहुलियतका सुविधा सहित विभिन्न क्षेत्रमा आवश्यक ध्यानार्कषणा समेत गराएको बताउनुभयो ।

समितिमा आवद्ध कपडा तथा फेन्सी ब्यवसायीले आफ्नो कारोबारसँगै म्याग्दी जिल्लामा प्राकृतिक विपत्तीमा परेकालाई ४ लाखभन्दा बढीको सहयोगसँगै न्यानो कपडाबाट बञ्चित व्यक्तिहरुलाई न्यानो कपडा वितरण तथा सरसफलाई लगायतका सचेतनामुलका अभियानमा समेत सहयोग गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार