च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित

काठमाडौँ । खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित गरिएको छ । योसँगै दोस्रो खेलमा पुलिस र च्यासलबीचको खेल स्थगित भएको हो ।

च्यासलका १९ जना खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको लिगका निर्देशक सञ्जिव मिश्रले बताउनुभयो । पुलिस आठ खेलबाट सात अंकसहित ११ औं स्थानमा छ । च्यासल भने आठ खेलबाट पाँच अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार