तीन तले घरबाट खसेर एक किशोरको मृत्यु

काठमाडौँ । भक्तपुरमा तीन तले घरबाट खस्दा एक किशोरको मृत्यु भएको छ। आइतबार मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली आँखा अस्पतालस्थित बस्ने १६ वर्षीय सौरभ महतो पञ्जियाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो।

धनुषा जनकपुर उपमहानगरपालिका–६ घर भई लोकन्थलीमा बस्दै आएका अनुपमका छोरा सौरभ आइतबार बिहान करिब ३ बजे घरको तीन तलाबाट खसेका थिए। उनलाई उपचारको लागि समिट अस्पताल लोकन्थली लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो। घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली अनुसन्धान गरिरहेको परिसरले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार