कैलालीको गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु

कैलाली । कैलालीको गोदावरी पुलबाट खसेर अछाम घर भएका शिक्षक रुपराज भाटको मृत्यु भएको छ । सोमबार साँझ पौने ६ बजेतिर जिर्ण भैसकेको काठको पुलमा सेल्फी खिच्न लाग्दा उनी त्यहाँबाट गोदावरी खोलामा खसेका थिए ।

उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) वेद प्रकाश जोशीले बताउनुभयो। ३९ वर्षका शिक्षक भाटको खुट्टा, टाउको र शरीरमा चोट लागेको छ । आफन्तहरुका अनुसार उहाँ घरबाट नेपालगञ्ज जान भनेर हिँड्नुभएको थियो । मृतकका भाई ठण्डराज भाटले खुट्टामा मात्र चोट लागेको भन्दै दाईको हत्या भएको दाबी गरेका छन् ।

तर, गोदावरीमा होटल संचालगन गर्ने एकजना महिलाले ‘नजानु’ भन्दभन्दै उनी जिर्ण पुलमा गएको र लडेको देखेको प्रहरीलाई बताएकी छिन् । प्रहरीले साँझ ५ बजेपछि सो पुलमा जान कडाई गरेको डिएसपी जोशीले बताउनुभयो । उहाँले भन्नुभयो–‘बैकल्पिक पुल भएको हुनाले हामिले सो पुलमा जान कडाई गरेका छौं ।’ इलाका प्रहरी कार्याल मालाखेतीले घटनाबारे अनुसन्धान गरिरहेको छ । शव पोष्टमार्टमका लागी सेती प्रादेशिक अस्पतालमा राखिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार