कोभिड प्रोटोकल पालना नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भएरनभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिनुभएको हो ।

मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्ट मात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिनुभएको छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार