थप १०७०३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ सय ६६ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६५ हजार ३ सय ७४ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार