स्थानीय तहको चुनावबारे सरकारको निर्णय कुर्दै आयोग

काठमाडौँ । निर्वाचन आयोगले दिएको अन्तिम समयसीमामा पनि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेपछि अब के हुन्छ ? भन्ने अन्यौल थपिएको छ । आयोगले सरकारलाई पुस ३० मा मिति तोक्न एक साताको समय दिएको थियो ।

माघ पहिलो साता निर्वाचनको मिति तोक्न नसके जेठ ५ अघि स्थानीय तहमा जनप्रतिनिधि पठाउन नसक्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको तयारी कम्तीमा १२० दिन चाहिने उल्लेख गर्दै मिति घोषणा गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ । माघ पहिलो साता घोषणा भएको भए वैशाख अन्तिममा निर्वाचन गरेर जेठ ६ देखि कार्यभार सुरु गर्न सकिने आयोगको योजना थियो । योजना अनुसार सरकारले मिति घोषणा नगरेपछि हामी अलमलमा छौ ।

आयोगलाई निर्वाचन परामर्शको लागि कतैबाट केही प्रस्ताव आएको छैन,’आयोगका प्रवक्ता शालिग्राम शर्माले भन्नुभयो,‘ मौजुदा कानुन अनुसार हामीले काम गर्ने हो । कानुन अनुसार निर्वाचन गर्न हामीले मिति प्रस्ताव गरेका थियौ । त्यो मिति पनि घर्किसक्यो ।’स्थानीय तह निर्वाचन ऐनको दफा ४ मा सरकारले निर्वाचनको मिति घोषणा गर्नु अघि आयोगसंग परामर्श गर्नु पर्ने व्यवस्था छ । ‘आयोगलाई बोलाएपछि निर्वाचनको मितिका बारेमा छलफल होला । आयोगको तत्काल नयाँ धारणा विकास भएको छैन । आयोग त वेट एन्ड सीमै छ,’शर्माले भन्नुभयो । ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार