६ महिनामा दुई अर्बको प्याज आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा भारतबाट करिब दुई अर्बको प्याज आयात भएको छ । यो वर्षको साउनदेखि पुससम्ममा भारतबाट उक्त मूल्यको प्याज भित्रिएको भन्सार विभागले जानकारी दिएको छ । यस अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो ।

यसबापत आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । हरेक वर्ष नेपालले भारतबाट अर्बौ रुपैयाँको खाद्यान्न आयात गर्दै आइरहेको छ । प्याजसहित लसुन, अदुवा, आलु, गोलभेँडा लगायतका दैनिक उपभोग्य वस्तु समेत ठूलो परिमाणमा भारतबाट भित्रिँदै आएको विभागले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार