सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै फेकोफनको विरोध प्रदर्शन

काठमाडौं । संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरूमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघले वन परिसर बबरमहलमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले वन नियमावलीको मस्यौदामा वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकारमा असर पर्ने गरी व्यवस्था गरिएको भन्दै उनीहरुले सिठी बजाउदै बिरोध प्रर्दशन गरेका हुन् । नेपाल सरकार र प्रदेश सरकारले सामुदायिक वन क्षेत्रमा विभिन्न नामका संरक्षित क्षेत्रहरूको घोषणा र विस्तार गरी सामुदायिक वनलाई असर पारेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको महासंघको भनाई छ ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालकी अध्यक्ष भारती पाठकले सामुदायिक वनमा तेहेरो कर लगाउने र वन पैदावारको सदुपयोगमा रोक लगाउने काम भएको आरोप लगाउनुभयो । उहाँले प्रदेश ऐनहरूमा भएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन, संरक्षित क्षेत्र विस्तार कार्य तत्काल रोक्न र तेहेरो कर खारेज गराउन माग गर्नुभयो । उहाँले वन उपभोक्तामैत्री कानून निर्माण नभएसम्म आन्दोलनलाई जारी राख्ने जानकारी दिनुभयो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार