भोट हाल्न हिडेका सांसद चौधरी दुर्घटनामा परी घाइते

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेका छन् । उनी सवार गाडी ट्रकसँग ठक्कर खाएपछि उनी घाइते भएका छन् ।

सांसद चौधरीको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद चौधरी दाङको घोराही जाँदै गर्दा बाटोमा दुर्घटनामा परेका हुन्।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (ख)मा नेकपा एमालेबाट निर्वाचित सांसद चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी कालाकाटे नजिकै दुर्घटनामा परेको हो। सुदूरपश्चिम प्रदेश ०१–००११ १ ख २५८४ नम्बरको ट्रकसँग उक्त गाडी ठक्कर खाएको थियो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार