जनसंख्या वृद्धिदर : लुम्बिनी प्रदेशमा धेरै, गण्डकीमा कम

काठमाडौं । नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ ।

विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ । यहाँ पछिल्लो १० वर्षको जनसंख्या वृद्धिदर केवल ०.३१ प्रतिशत मात्र हो । २०६८ सालमा गण्डकीमा २४ लाख ३ हजार ७ सय ५७ जनसंख्या रहेको थियो । सबैभन्दा बढी भने लुम्बिनी प्रदेशको वृद्धिदर देखिन्छ ।

५१ लाख २४ हजार २ सय २५ जनसंख्या हुँदा वृद्धिदर १.३० प्रतिशत रहृयो । २०६८ सालमा यहाँ ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको थियो । प्रदेश १ मा ०.९२, मधेश प्रदेशमा १.२५, बागमतीमा ०.९६, कर्णालीमा ०.७६ र सुदुरपश्चिम प्रदेशको जनसंख्या वृद्धिदर ०.६० प्रतिशत रहेको छ ।नेपालको जनसंख्या २०६८ मा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेकोमा २०७८ मा ०.९७ प्रतिशतको वृद्धिदरसहित २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार