तिलमाधवनारायण मन्दिरबाट पल्टिँदै हनुमानघाटसम्म व्रतालु

काठमाडौं । भक्तपुरमा शीतला एकादशीको अवसर पारेर माधव नारायणका व्रतालुले नगर परिक्रमा गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने माधव नारायण मेलामा व्रतालुहरु बाटोमा पल्टिमार्दै नगर परिक्रमा गर्छन् ।

यसैक्रममा भक्तपुरका टौमढी, गोलमढी, दत्तात्रय लगायतका क्षेत्र हुँदै व्रतालुहरु हनुमानघाट पुगेका हुन् । जाडोको बेलामा नांगो शरीरमै गर्नुपर्ने यो विधि कठोर मानिन्छ । पुरुष व्रतालुलाई जाडोमा राहत मिलोस् भनेर ठाउँ–ठाउँमा आगो बालेर स्थानीयले सघाएका थिए । भक्तपुरको हनुमानघाट प्रसिद्ध तीर्थस्थल हो । यहाँ साँखुको शालीनदीमा जस्तै माधव नारायण मेला लाग्छ ।

नेपाल संवत् ७२२ देखि प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माघ धलं (माधव नारायण)को व्रत चलिआएको स्थानीय बताउँछन् ।त्यही एक महिने अबधिमा माघ शुक्लपक्षको एकादशीका दिन पुरुष ब्रतालुहरुले तौमढीस्थित तिलमाधव नारायण दर्शन गरी सो स्थानदेखि बाटोमा गुल्टिंदै र शंख फुक्दै हनुमानघाटको त्रिवेणीसम्म पुगेर जलासयमा बस्ने गर्दछन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार