नेपालले सच्चिएर मोरिससको सामना गर्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा मोरिससको सामना गर्दैछ र त्यस अगाडि सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टिमको सबै तयारी पूरा भएको बताउनुभएको छ । उहाँले मोरिससको सामना गर्दा आफ्नो टिमले यस अगाडिका भुललाई सच्याएर खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसअघिका खेलमा टिमले जे जस्तो भुल गरेको थियो, त्यसको हामीले विश्लेषण गर्नेछौं र त्यसलाई सच्चाउने प्रयास गर्नेछौं । हामी पक्कै पनि जितका लागि खेल्नेछौं ।’ यस्तै नेपाली कप्तान किरण लिम्बुले पनि टिमले जितकै लागि खेल्ने दाबी गर्दै मोरिससको सामना गर्न आफना सबै साथी खेलाडी उत्साहित रहेको बताउनुभयो ।

मोरिससको प्रशिक्षक टोनी फ्रान्कोइसले आफ्नो घरेलु मैदानमा नेपाल बलियो प्रतिद्वन्द्वी हुने मान्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले खालि ४५ दिनको तयारीपछि नेपाल आएका छौं । हाम्रो राष्ट्रिय टिमले साढे दुई वर्षपछि पहिलो पल्ट खेल्दैछ । त्यसैले हामीलाई पक्कै पनि सजिलो हुने छैन् । हामीलाई थाहा छ, नेपाल बलियो टिम हो ।’

उहाँले नेपालले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपका केही खेलको विश्लेषण गरेको बताउनुभयो र भन्नुभयो, ‘हाम्रो टिम नयाँ छ र हाम्रा केही खेलाडी भर्खर मात्र राष्ट्रिय टिममा प्रवेश गरेका छन् । हामी अहिले अफ्रिकी कप अफ नेसन्सको तयारीका लागि नेपाल आएका छौं र राम्रो खेल्न सक्नेमा विश्वस्त छौं ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार