एमसीसीलाई आलटाल नगरी सर्वसम्मतिले संसद्‍बाट पारित गरौं : भट्टराई

काठमाडौँ । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्‍बाट पारित गर्नुपर्ने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताउनुभयो । उहाँले ट्वीटरमा लेख्नुभयो, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ !’ एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुनेमा जोड दिनुभयो ।

MCCसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊॅ ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घॉटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस् ! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्! रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार