अनेरास्ववियुद्धारा स्थानीय चुनावको मिति घोषणा माग गर्दै मन्त्री क्वार्टरअगाडि प्रदर्शन

काठमाडौं । स्थानीय चुनावको मिति घोषणा माग गर्दै अनेरास्ववियुले पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि प्रदर्शन गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ।

उनीहरूले चुनाव सार्न नपाइने भन्दै प्रदर्शन गरेका थिए। साथै अनेरास्ववियुले मन्त्रीहरूलाई कालोझन्डासमेत देखाएका थिए।सत्तारूढ गठबन्धनको बैठकमा जेठभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति भए पनि सरकारले मिति भने घोषणा गरिसकेको छैन।निर्वाचन आयोगको परामर्शमा मिति घोषणा गर्ने भने पनि ढिलाइ भइरहेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार