देउवा–प्रचण्ड–नेपालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

एमसीसी प्रस्ताव जसरी पनि पारित गर्नुपर्ने प्रधानमन्त्रीको अडानपछि उत्पन्न संशयका विषयमा शीर्ष तीन नेताहरुबीच छलफल भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा पनि शीर्ष नेताहरुबीच छलफल भएको स्रोतले बताएको छ ।स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने विषयमा प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग हिजो छलफल गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार