
काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अलमुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
उहाँले नेपाली फुटबल खेलाडी मिहिनती रहेको बताउँदै अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको बताउनुभएको थियो। सरकारले अलमुताइरीलाई आज सम्मान गरेको थियो । साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले सम्मान गर्नुभएको हो।
सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको पनि उपस्थिति थियो । शुक्रबारै अलमुताइरीले नेपाल महिला भलिबल राष्ट्रिय टिमका खेलाडीहरूसँग पनि बालुवाटारमा भेट गर्नुभएको थियो । नागरिक खबरबाट