समृद्ध नेपाल, सुखी नेपालीको नेतृत्व गर्ने पार्टी एमाले हो : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेतृत्व गर्ने पार्टी एमाले भएको बताउनुभएको छ। वसन्त पञ्चमीको अवसरमा एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ देशको साझा आकांक्षा भएकाले त्यसलाई एमालेले गन्तव्य बनाएको उल्लेख गर्नुभएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपालीको हामी नेपालीको साझा राष्ट्रिय आकांक्षा हो र नेकपा (एमाले)ले यसलाई गन्तव्य बनाएको छ,’ शुभकामना सन्देशमा भनिएको छ,’यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरुलाई हामी अवरोध गर्न दिँदैनौँ ।’ अध्यक्ष ओलीले वसन्त पञ्चमीको ऐतिहासिक महत्वको पनि चर्चा गर्नुभएको छ ।

‘यस दिनलाई बालबालिकाको अक्षर आरम्भ गर्ने दिनका रुपमा पनि चिनिन्छ,’ उहाँले भन्नुभएको छ,’वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको सम्बन्धमा प्राकृतिक विभाजनसँग पनि रहेको छ ।’ओलीको सन्देशमा सरस्वतीलाई विद्याकी देवीको रुपमा पनि मानिएको उल्लेख छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार