तातोपानी बजार र दुखुबेसी गाउँ संरक्षणका लागि प्रधानमन्त्री समक्ष बजेट माग

बेनी । म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४,स्थित उपल्लो तातोपानी बजार र मालिका गाउँपालिका–६, दुखुबेसी गाउँ संरक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बजेट माग गरिएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले सिंगो तातोपानी बजार नै कटानको जोखिममा परेकाले तत्काल बजेट विनियोजन गरी बजार संरक्षणमा संघीय सरकारबाट यथेष्ट बजेट विनियोजनको माग गदैं प्रधानमन्त्री देउवालाई अनुरोध सहित बस्तुगत विवरण हस्तान्तरण गर्नुभएको छ । बजार संरक्षणमा अहिलेसम्म बजेट नगएकाले यसपटक संरक्षणको काममा ढिलाई भए अबको बर्खामा थप क्षती हुने जानकारी समेत प्रधानमन्त्री देउवालाई गराइएको सभापति गर्बुजाले बताउनुभयो ।

तातोपानीको मसार बस्तीका १४ घरमध्ये आठ घर विस्थापित भएको र अन्य घरधुरी समेत जोखिममा छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेको अवस्थामा बर्खा अगाडी नै मुख्य जोखिम स्थानमा संरक्षणको काम गर्नुपर्ने स्थानीयको भनाई छ । यसअगाडी समेत नेपाली कांग्रेस नगर सभापति रविन्द्र केसीमार्फत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई बजार संरक्षणका लागि दिर्घकालिन योजनाको माग गदैं ज्ञापनपत्र बुझाउनुभएको थियो । तातोपानी बस्ती संरक्षणका लागि नगरपालिका र गण्डकी प्रदेशबाट प्राविधिक ल्याएर डिपिआरको काम समेत भएको छ भने नगरपालिका र जिल्लाका राजनीतिक दलले समेत राहत वितरण गरेका छन् ।

यसैबीच सोही अवसरमा मालिका गाउँपालिका वडा नं ६ दरबाङको तल्लो दुखुमा नदी कटानबाट संरक्षणका लागि १ करोड ५० लाख बजेट माग गदैं सभापति गर्बुजा र पालिका अध्यक्ष श्रीप्रसाद रोकाले प्रधानमन्त्रीमार्फत सम्बन्धित मन्त्रालयमा बजेट माग गरिएको छ । भेटघाट तथा बजेट मागका बारेमा प्रधानमन्त्री देउवाले तातोपानी र दुखुबेसीसंरक्षणका लागि प्रतिबद्धता जनाउँदै थप बजेट सहित कार्यविधिका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा पठाएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

याे पनि…

https://myagdinews.com/2021/09/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%a8%e0%a4%a6%e0%a5%80-%e0%a4%95%e0%a4%9f%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%b0%e0%a4%b8%e0%a5%8d/

यता नेपाली कांग्रेस म्याग्दीको टोली जिल्लाका विभिन्न समस्या सहित बजेट माग गदैं डेलिगेनमा गएको पार्टी सचिव हिरा पुनले बताउनुभयो । उहाँका अनुसार जिल्लाभित्र विकास निर्माण सहितका योजनामा आवश्यक बजेटका लागि सभापति गर्बुजाले सम्बन्धित मन्त्रालयमा पुगेर मन्त्री तथा सचिवसँग भेट गर्ने कार्यतालिका समेत रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार