आमा समुहको अगुवाईमा गलेश्वर बजार क्षेत्र सरसफाई (तस्बिरहरु)

धनिलाल गर्बुजा

गलेश्वर २९ माघ। म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर बजार क्षेत्रमा सरसफाई अभियान सम्पन्न भएको छ। शनिवार गलेश्वरधाम आमा समुहको अगुवाईमा गलेश्वर बजार क्षेत्र सरसफाई अभियान सञ्चान गरिएको हो।
गलेश्वर बजारको बिभिन्न ठाँउमा अनाबस्यक फालिएको सिसा बोतल, पलाष्टीक र झारपातहरु संकलन गरी जलाइएको छ। नजल्ने र नकुहिने बस्तुहरुलाई छुत्याएर सुरक्षित ठाँउमा ब्यावस्थापन गरेको सरसफाई अभियान समुहकी उपाध्यक्ष बिन्दु कार्की पुर्जाले बताए।


गलेश्वर बजार भित्र रहेको शिवालय मन्दिर परिसर, खेलमैदान, दाहसंस्कार जाने बाटो र कालीगण्डकी नदीको किनारमा रहेको शव अन्तेष्टी स्थलको आसपासमा रहेको फोहरहरु सफाई तथा ब्यावस्थापन गरेको समुहकी सचिब निशा महत जिसीले जानकारी गराए।

जिल्लाको सदरमुकाम बेनी देखी ३ कि.मि उत्तरमा अबस्थित गलेश्वरधाम मन्दिर, मुक्तिनाथको मुख्य प्रवेशद्वार र जिल्लाकै एतिहासिक एवं धार्मिक पर्यटकिय स्थल रहेकोले बजार क्षेत्रलाई सफा र शुन्दर बनाई राख्नको लागी स्थानियबासी सकृय र एकजुत हुनु पर्ने गलेश्वरधाम आमा समुहकी अध्यक्ष फुल कुमारी रोकाले बताए।

उहाँले अधिकांश फोहरहरुलाई खाल्दोमा पुरेर जैविक मलमा रुपान्तरण गरी फोहर बाट मोहर आयआर्जन गर्न सकिने बताउदै समाजमा हुने बिकृती बिसंगती, दुरव्यसनी र जातीय भेदभाव तथा छुवाछूत  जस्ता कुरतीहरुलाई अन्त्य गरि सभ्य समाज निर्माण गर्न सरोकारवला, स्थानियवासी सबै एक भएर लाग्न आग्रह गर्नु भयो।


नवगठित गलेश्वरधाम आमा समुहले आयोजना गरेकोे सरसफाई अभियानमा शिव युथ क्लव, सशस्त्र प्रहरी गुल्म गलेश्वर, स्थाई प्रहरी पोष्ट गलेश्वर, स्थानियबासी गरी १०० जनामा बढीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार