निलम्बित प्रधान्यायाधीश जबरा सर्वोच्चबाट बाहिरिए

काठमाडौँ । महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अदालत परिसरबाट बाहिरिनुभएको छ । उहाँ झन्डाबिनाको गाडी लिएर अदालत परिसरबाट केही बेरअघि निस्किनुभएको हो ।

आइतबार जबराविरुद्ध सत्तारुढका सांसदहरुले संसद् सचिवालयमा महाअभियोग पत्र दर्ता भएपछि उहाँ स्वतः पदमुक्त हुनुभएको हो । संसद् सचिवालयले जबराविरुद्धको महाअभियोगबारे सर्वोच्च अदालत, राष्ट्रपति र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलगायतका निकायहरुलाई जानकारी दिएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार