एमसीसीबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ । आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुनेछ ।

खासगरी एमसीसी नेपाल कम्प्याक्टबारे छलफल हुने नेताहरूले बताएका छन् । आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा एमसीसी टेबुल गर्ने तयारी छ । एमसीसीविरुद्धको जनमतका कारण माओवादी नेतृत्वलाई भने एमसीसी संसदबाट पास नगर्न दबाब छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार