काठमाडौँ । एमाले निकट युवा संघले मूल्यवृद्धिको विरोधमा बानेश्वरमा प्रदर्शन गरेको छ । डिजेल,पेट्रोल,दूधलगायतका वस्तुहरूमा मूल्यवृद्धि गरेको भन्दै युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । यस्तै सरकारमा रहेका मन्त्रीहरुको कार्यशैलीको विरोध समेत गर्दै नाराबाजी गरेको थियो ।






















