झलनाथको प्रश्न : एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताउनुभएको छ। आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएपछि नेता खनालले एमसीसीका कारण नेपाल र नेपाली जनता दुई भागमा विभाजित भएको प्रतिक्रिया दिनुभएको हो ।

‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो । सडकमा आन्दोलन चलिरहेको छ’, खनालले भन्नुभयो, ‘मान्छेका टाउका फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’ नेता खनालले यसरी देशलाई विभाजित गरेर एमसीसी टेबल गर्नु लज्जास्पद विषय भएको बताउनुभयो । ‘एउटा नाथे आर्थिक सम्झौता नै हो भने एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ रु कतिपय मानिसहरु यहाँ एमसीसीमा निहुरिएका छन् यो लज्जास्पद विषय हो’, खनालको भनाइ छ ।

उहाँले आफ्नो हाम्रो पार्टीको हिजो बसेको स्थायी कमिटीको बैठकले एकमतले यथास्थितिमा एमसीसी अघि नबढाउने भनेर निर्णय गरेको पनि बताउनुभयो । साथै एमसीसीमा विवाद भएपछि पार्टी बैठकमा थप निर्णय गर्ने समेत बताउनुभयो । विवादपछि पार्टीले सरकार छोड्छ ? भन्ने प्रश्नमा खनालले भन्नुभयो, ‘पार्टीको बैठक बसेर सरकार यस विषयमा छलफल हुन्छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार