
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलका प्रमुखहरुलाई भेट्दैछन् । नेता पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछुट्टै भेट गर्न लागेका उनी निकट एक नेताले बताउनुभयो ।
उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन र सत्ता गठबन्धन जोगाउनेबारे प्रचण्ड, नेपाल र यादवसँग छलफल गर्न लाग्नुभएको हो । एमसीसी संसदमा पेश गर्न तयार भएका यी तीनै नेताले विपक्षमा मतदान गर्ने जनाउनुभएको छ । अनलाइनखबरबाट