प्रहरीसँगको भिडन्तमा गाँजा तस्करको मृत्यु

कलैया । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सातरआठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा तस्करले एक राउन्ड गोली चलाएपछि जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ ।

आत्मरक्षाका लागि गोली चलाउँदा नाम नखुलेका एक जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हानेको गोली ती व्यक्तिको कम्मरमा लागेको थियो । उनलाई उपचारका लागि कलैया अस्पताल ल्याएकोमा राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिनुभयो । शवलाई प्रदेशिक अस्पतालमा राखिएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार