सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

म्याग्दी ।सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको आज (शनिबार) सदरमुकाम बेनीमा १०औं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संघको निवर्तमान उपाध्यक्ष गंगा थापा कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

अधिवेशनबाट संघको निवर्तमान अध्यक्षमा प्रमिला जोशी, वरिष्ठ उपाध्यक्षमा पुनम खड्का, उपाध्यक्षमा लजालु रोका, सचिवमा अस्मि महत, कोषाध्यक्षमा सुस्मिता श्रेष्ठ र सहसचिवमा शिला कार्की चयन हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा टिका राना, हेमा छन्त्याल, सोनिया राई, सुनिता केसी, मनु बानियाँ, आस्मा मगर, लिला पुन र विष्णु सुवेदी चयन भएको सौन्दर्यकला व्यवसायी संघ म्याग्दीले जनाएको छ ।

म्याग्दीको बेनीमा पहिलोपटक व्युटीपार्लर व्यवसायी सुरु गर्नुभएकी वरिष्ठ सौन्दर्यकर्मी सरस्वती जिसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको उद्घाटनसत्रमा संघको संस्थापक अध्यक्ष संगीता श्रेष्ठ, सौन्दर्य व्यवसायीद्वय मनु बानियाँ र शिला कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अवसरमा संघका निवर्तमान अध्यक्ष प्रमिला जोशीले आफ्नो कार्यकालमा सहयोग गर्ने सदस्यलाई मायाको चिनोसहित सम्मान गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष गंगा कार्कीले निवर्तमान अध्यक्ष जोशीलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटनसत्र संघका निवर्तमान अध्यक्ष जोशीको अध्यक्षता, उपाध्यक्ष कार्कीको स्वागत र सदस्य अस्मि महतको सञ्चालनमा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष कार्कीले आगामी दिनमा संघमार्फत जिल्लामा सौन्दर्यकला व्यवसायीलाई लक्षित गरेर क्षमता अभिवृद्धिलगायत विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार