एमसीसीले प्रचण्ड र माधवको अवसरवाद उदाङ्गो पारिदियो : ज्ञवाली

धनगढी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको अवसरवाद उदाङ्गो पारेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुनसुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताउनुभयो । ‘उहाँहरु (प्रचण्ड र नेपाल) एमसीसी ठिक छ त्यसैले स्वीकार गर्‍यौँ भन्न सक्नुहुन्न ।

कांग्रेसले एमालेसँग मिलेर सभामुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसद्लाई पदच्युत गर्ने भएकाले समर्थन गरेको भन्नुहुन्छ,’ उहाँले भन्नुभयो,‘दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो ।’

अहिलेको सरकारले बाह्य शक्तिहरुमा समेत ठुलो असन्तुलन ल्याएको बताउँदै एमालेले आगामी चुनावबाट अवसरवादी गठबन्धनलाई परास्त गरेर सबै हिसाबकिताब चुक्ता गर्ने दाबीसमेत गर्नुभयो । एमालेकै दबाबका कारण सरकार स्थानीय तहको चुनावको मिति घोषणा गर्न बाध्य भएको उल्लेख गर्दै उहाँले सबैलाई चुनावको तयारीमा लाग्न आह्वान पनि गर्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार