चौरासी पुजाको खर्च कटाएर मगर संघलाई सहयोग

तुलप्रसाद पुन
ओखरबोट । ओखरबोटका एक जनाले चौरासी पुजाको अवसरमा मगर संघलाई सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दिलप्रसाद घर्ति मगरले चौरासी पुजाको अवसरमा नेपाल मगर संघ ओखरबोट इकाई समितिलाई आर्थिक नगद र जिन्सी सहयोग गर्नुभएको हो ।

घर्ति मगरले शनिबार एक कार्यक्रमका विच नगद १५ हजार रुपैयाँ र आवश्यक एक लाख रुपैयाँ बराबरको जिन्सी सामाग्री मगर संघ ओखरबोट इकाई समितिका अध्यक्ष भुमेबहादुर पुलाई हस्तान्तरण गर्नुभएको हो ।

घर्तिले यस अघि पनि मगर समाजको भवन निर्माण गर्न एक लाख रुपैयाँ बराबरको ब्लक सहयोग गर्नुभएको थियो । कार्यक्रममा मगर संघ ओखरबोट इकाईका अध्यक्ष पुनले  आफ्नो चौरासी पुजामा हुने फजुल खर्च कटाएर समाजलाई सहयोग गरेर उदाहरणी काम गरेको बताउनुभयो । उहाँले मगर संघको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा ख्याली सोरठी नाचले सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार