कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा गौचन

बेनी । मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा बिमला गौचन चयन हुनुभएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुका मुखिया सपुत शेरचनको अध्यक्षतामा शुक्रबार सम्पन्न आमभेलाबाट गौचन अध्यक्षमा चयन हुनुभएको हो ।

संरक्षण समितिको उपाध्यक्षमा सपुत शेरचन ,कोषाध्यक्षमा सुर्जा गौचन ,सदस्य सचिवमा प्रमिस गौचन ,सहसचिवमा विशन पुर्जा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा विनोद नेपाली ,महेन्द्र गौचन,गोबिन्द विक र थममाया पुन रहनुभएको छ । यसैगरी सल्लाहकारहरुमा पुर्वमन्त्री रोमी गौचन थकाली ,वडा अध्यक्ष चन्द्रबहादुर शेरचन ,वडा सदस्य यसबहादुर गौचन ,समाजसेवी नरसिङ शेरचन र वडा सदस्य केशु पुर्जा मगर रहनुभएको छ ।

अध्यक्ष गौचनले बराह कुण्ड सम्म जाने बाटो निर्माणमा ईआइए गर्न सम्बन्धि निकायलाई पहल गर्ने बताउनुभयो । उहाँले केवलकारको लागि पहल गर्ने समेत बताउनुभयो । यसैगरी कुण्डसम्म जाने बाटो र मन्दिर निर्माण तथा व्यवस्थापनको लागि कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । होटल व्यवसायी समेत रहनुभएकी गौचन महिला संघ म्याग्दीकी अध्यक्ष र कांग्रेस गण्डकी प्रदेश समिति सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार