कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाइ

काठमाडौँ । कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारबाही गरेको छ ।

उनीहरुलाई सोमबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कारबाही गरिएको हो ।ट्राफिक प्रहरीले सोमबार काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने कुल १ हजार ७५७ जना चालकहरूलाई कारबाही गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्ने चालकमा मदिरा पिएर सवारी साधन चलाउने ७८ जना, फुटपाथमा पार्किङ गर्ने १०४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७७ जना रेहका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ४० जना र क्षमताभन्दा बढी यात्रु राख्ने ३८ जना चालकहरूलाई पनि कारबाही गरिएको महाशाखाले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार