कांग्रेसबाट निर्वाचित ढोरपाटनका वडाध्यक्ष पुन एमालेमा प्रवेश

बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर एमालेमा प्रवेश गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उहाँले कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ पाएर जित्नुभएको थियो । त्यस वडामा एमाले तेस्रो स्थानमा थियो ।

मंगलबार बुर्तिबाङमा आयोजित राष्ट्रिय युवा संघको ढोरपाटन नगरस्तरीय भेलामा पुनसहित कांग्रेसका कार्यकर्ताहरु शिखर पुन, समबहादुर अदै, मिलन अदै, मदन घर्ती लगायत एमालेमा प्रवेश गर्नुभएको छ । सोही कार्यक्रममा माओवादीबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी निरुता घर्ती मगरसहित एमालेमा प्रवेश गर्नुभएको छ ।

नवप्रवेशीहरुलाई एमालेका गण्डकी प्रदेश कमिटी सदस्य तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले स्वागत गर्नुभएको थियो । पुनले आफु र मेयर नेपाली बिच विगत डेढ वर्षदेखि पार्टी प्रवेशको तयारी रहे पनि आफनो पद गुम्ने खतराका कारण पार्टी प्रवेश नगरी अहिले मात्रै प्रवेश गरेको बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार