
सुर्खेत । नेकपा (माओवादी केन्द्र)का तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ ९क० बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिनुभएको थियो । पार्टी प्रवेश गर्नुभएका विष्टसहित नेता कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखरेलले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गर्नुभएको छ ।
राजीनामा दिएका विष्टलाई माओवादीले राजीनामा फिर्ता गरेर आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको थियो । तर, राजीनामा फिर्ता नलिएपछि पार्टीले उहाँलाई निलम्बन गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी प्रशिक्षण दिनका लागि विरेन्द्रनगर पुगेकै दिन उहाँले राजीनामा दिनुभएको थियो । नागरिक खबरबाट