सबै गैरआवासीय नेपालीहरुबीच एकता आवश्यक : घले

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले सबै गैर आवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको बताउनुभएको छ । सबै नेपाली बीच पार्टनरसीपको आवश्यकता रहेको भए पनि त्यो हुन नसकेको उहाँले बताउनुभयो ।

मंगलबार एनआरएनएको १० औं विश्व सम्मेलनको उदघाटन समारोहमा बोल्दै घलेले अहिले संस्थामा भूकम्प गएको बताउनुभयो । भूकम्पले आफूले धेरै कुरा सिकेको उहाँले बताउनुभयो । अर्थमन्त्रीसहित प्रतिनिधिहरुले आफूलाई विश्वास गरेर उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको उहाँले बताउनुभयो ।

बोल्ड डिसिजन गरेर उपस्थित भएको भन्दै उहाँले अर्थमन्त्री शर्माको प्रशंसा गर्ने क्रममा घलेले उनलाई भविष्यको प्रधानमन्त्री समेत भन्नुभयो । धेरै देशहरुमा भ्रमण बन्देज हुँदा पनि प्रतिनिधिहरु आएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । २५/३० देशहरुबाट एनआरएन प्रतिनिधिहरु उपस्थिति भएको जानकारी उहाँले दिनुभयो । विश्व सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गर्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार