प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले जाने हल्ला मात्र : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीहरु प्रेम आले र कृष्ण कुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे, एमाले प्रवेश गर्ने भनेर हल्ला चलाइयो । अब त्यो भ्रम पनि रहेन ।’

नेपालले अहिले एमाले छाड्ने र नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको दाबीसमेत गर्नुभयो । ‘अहिले भर्खरै मात्रै एमाले परित्याग गरेकाहरुलाई केन्द्रीय कार्यालयमा शपथ ग्रहण गराएँ । यसरी एमालेबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ,’ उहाँले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार