बेनपा–७ को तरुण दलको अध्यक्षमा थापा

बेनी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल बेनी नगरपालिका–७ ,को वडा इकाई अध्यक्षमा मनिष थापा चयन हुनुभएको छ ।समितिको उपाध्यक्षमा अभिशेक श्रेष्ठ, समिर पौडेल त्यस्तै सचिवमा बिजय श्रेष्ठ, विवस केसी कोषाध्यक्षमा रोहन भट्टचन र सह–सचिवमा सुईकार शेरपुर्जा सहित २९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

बेनी बजारको संगमचोकमा रहेको नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालयमा भएको नेपाल तरुण दलको पुनर्गठन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका पूर्व पार्टी सभापती तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले पार्टीको हरेक गतिविधिमा तरुण युवाहरुको साथ रहेको बताउदै अब आउने स्थानीय तहको निर्वाचनमा लोकतन्त्रको रक्षाका लागि सबै संघ संगठन एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कांग्रेस गौरवशाली इतिहास बोकेको निष्ठावान पार्टी भएको उल्लेख गर्दै बानियाँले बहुमतको काँग्रेसको सरकार बनाउन सबै एक भएर जनतामाझ जानुपर्ने बताउनुभयो । मुलुकले कांग्रसको आवश्यकता महसुस गरिरहेको बताउँदै अवको विकल्प भनेको कांग्रेस पार्टी मात्रै भएको उहाँको भनाई थियो ।

कार्यक्रममा उपसभापती हरिकुमार श्रेष्ठ, पूर्व उपसभापती नेत्रबहादुर महत, तरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल, नेपाल विद्यार्थी संघका सभापती निर्मल खत्री र महिला संघ म्याग्दीकी उपाध्यक्ष निर्मला श्रेष्ठले बोल्नुभएको थियो । कार्यक्रम सोहन श्रेष्ठको अध्यक्ष्ता रमेश श्रेष्ठको स्वागत र सुमन बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार