काठमाडौं । चीनले नेपाललाई भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको विरोध गर्ने बताउनुभएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाली समकक्षी नारायण खड्कासँग भएको भेटमा नेपालको मामिला नेपालीहरुले नै तय गर्नुपर्ने बताउनुभएको हो ।
‘नेपालको सम्प्रभुता र स्वतन्त्रता कमजोर पार्ने, अन्तरिम मामिलामा हस्तक्षेप गर्ने र देशमा भू–राजनीतिक खेलमा सामेल गराउने कुनै पनि प्रयासको विरोध गर्छ,’ यीको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । अनलाइनखबरबाट