कोरम नपुगेपछि अर्थ समितिका दुवै बैठक स्थगित

काठमाडौं । अर्थ समितिले प्रि–बजेटमाथि छलफल गर्न आज बोलाएको बैठक कोरम नपुगेर स्थगित भएको छ । समितिले आज अर्थ मन्त्रालय र योजना आयोगसँग छुट्टाछुट्टै छलफल राखेको थियो ।

तर सांसदहरु न्यून उपस्थित भएपछि बैठक बस्न सकेन । समितिका सचिव सुरेन्द्र अर्यालले आजका दुबै बैठक स्थगित भएको जानकारी दिनुभयो । समितिका कूल सदस्य संख्याको ५१ प्रतिशत उपस्थित भएमात्र बैठक बस्न सक्छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार